Information is intelligence
HomePoliticsपाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

- Advertisement -spot_img

अदालतले नेकपाको बैधानिकता खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फर्काएपछि केही माओवादी केन्द्रबाट निर्वाचन सांसद एमालेमा प्रवेश गरेका थिए।

एमाले प्रवेश गरेका सांसदहरुलाई पार्टीले कारवाही गरेर पदसमेत खारेज भइसकेको छ। हाल प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका एक सदस्यको पद खारेज भइसकेको छ।

माओवादी केन्द्रबाट २०७३ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्वर ३ बाट निर्वाचित प्रभु साह, अर्घखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी र कैलाली ३ र ४ बाट क्रमश निर्वाचित सांसद गौरिशंकर चौधरी र लेखराज भट्ट पदमुक्त भएका छन्। उनीहरुको पदमुक्त भएको सूचना चैत २६ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी दिएका थिए।

त्यस्तै राष्ट्रिय सभाका एक सदस्य रामबहादुर थापा ‘बादल’ को पनि पद खारेज हुँदै छ । माओवादी केन्द्रले थापाले दल त्याग गरेको सूचना संघीय संसद् सचिवालयमा बुझाउँदै राष्ट्रिय सभा सदस्यबाट उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरेको गरेको संघीय सांसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले बताए। थापा नेकपा एमालेमा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु