Information is intelligence
HomeNewsफेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

- Advertisement -spot_img

विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ फेरि शीर्ष स्थानमा उक्लिएको छ । सोमबारदेखि काठमाडौँ विश्वकै अतिप्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा परेको हो । पछिल्लो केही दिनयता हावा नलागेको, पानी नपरेको र डढेलो नियन्त्रणमा नआएकाले काठमाडौँ उपत्यकाको हावामा धुवाँ र धुलोका कण थुप्रिएर प्रदुषित बनेको हो ।

हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौँको हावा सरदर २३३ एक्युआईमा छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुग्नु काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् । प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु