Information is intelligence
HomeSportsनेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

- Advertisement -spot_img

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’ को खेल तालिका सार्वजनिक भएको छ ।

वैशाख ११ गतेदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । प्रतियोगितामा वैशाख २६ गतेसम्म लिग चरणका खेल हुनेछन ।

त्यसपछि वैशाख २८ गते पहिलो क्वालिफायर्स हुनेछ भने २९ गते दोस्रो क्वालिफायर्स हुनेछ । प्रतियोगिताको फाइनल खेल जेठको एक गते हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, एफसी चितवन र धनगढी एफसीको सहभागिता रहनेछ ।

तालिका:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु