Information is intelligence
HomeSportsरियललाई पछि पार्दै बार्सिलोना बन्यो सर्वाधिक धनी क्लब

रियललाई पछि पार्दै बार्सिलोना बन्यो सर्वाधिक धनी क्लब

- Advertisement -spot_img

एजेन्सी | स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ ।

फोर्ब्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो । बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ । रियलको मूल्य ४.७५ विलियन डलर रहेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको मूल्य ४.२१ विलियन रहदा चौंथो स्थानको म्यानचेस्टर युनाईटेडको ४.२० विलियन र पाँचौं स्थानको लिभरपुलको ४.१० विलियन डलर रहेको छ ।

छैटौं स्थानको म्यानचेस्टर सिटीको मूल्य ४ विलियन, चेल्सीको ३.२० विलियन र आर्सनलको २.८० विलियन डलर रहेको छ ।

नवौं स्थानको पीएसजीको मूल्य २.५० र दशौँ स्थानको टोटेनहमको २.३ओ विलियन रहेको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय