Information is intelligence
HomeNewsबोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते

बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते

- Advertisement -spot_img

दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।

मृत्यु हुनेमा बिगु गाउँपालिका–३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडाँैको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय