Information is intelligence
HomeSportsआईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै, यस्तो छ सम्भावित टिम

आईपीएलमा आज कोलकत्ता र मुम्बई भिड्दै, यस्तो छ सम्भावित टिम

- Advertisement -spot_img

एजेन्सी | ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मंगलबार कोलकत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नई एमए चिदंबरम स्टेडियममा हुने कोलकत्ता र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

आज कोलकत्ता लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो ।

इयान मोर्गनको कप्तानीमा रहेको कोलकत्ताले १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

साविक विजेता मुम्बई भने पहिलो जितको खोजीमा हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

सम्भावित टिम :

मुम्बई – रोहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डय, केइरन पोलार्ड, कुर्नाल पाण्डय, राहुल चाहर, मार्को जानसेन, ट्रेण्ड बोल्ट, जस्प्रित बुम्राह

कोलकत्ता – शुबनम गिल, नितिश राना, राहुल त्रिपाठी, आन्द्रे रसेल, इयान मोर्गन, दिनेश कार्तिक, शकिब अल हसन, पाट कुमिन्स, प्रसिद्ध कृष्ण, हर्बजन सिंह, वरुण चक्रवर्ती

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु