Information is intelligence
HomeNewsभैंसीले घिसार्दा मृत्यु

भैंसीले घिसार्दा मृत्यु

- Advertisement -spot_img

सप्तरीमा भैंसीले घिसार्दा एक जनाको मृत्यु भएको छ।

बलान बिहुल गाउँपालिका-३ महुवा टोल बस्ने जयावतीदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।

सोमबार राति पौने ७ बजे मण्डल खेतमा भैंसी चराउन गएकी थिइन्। त्यसबेला भैंसी एक्कासि उम्किएको थियो। भैंसीको डोरी मण्डलको दायाँ हातमा अल्झिएको डिएसपी काफ्लेले बताए।

भैंसीले डोरीमा अल्झिएकी मण्डललाई घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही लानेक्रममा बाटोमै मृत्यु भएको थियो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय