Information is intelligence
HomeEducationठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

- Advertisement -spot_img

काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको बताएका हुन् ।

‘पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएको छ’, मन्त्री त्रिपाठीले भने, ‘विद्यालय उमेरका बालबालिकामासमेत संक्रमण धेरै देखिन थालेको छ । त्यसको रोकथाम तथा नियन्त्रणका निम्ति यस्तो प्रस्ताव अगाडि बढाइएको हो ।’

हाल १८ वर्षमाथिका लागि मात्रै कोरोना भ्याक्सिन नबनेको भन्दै मन्त्री त्रिपाठीले थप चुनौती थपिएको बताएका हुन् ।

पछिल्लो समय विद्यार्थी र शिक्षकामा  संक्रमण बढी देखिएको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो । जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र विद्यालयका गतिविधि सञ्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

निजी विद्यालय सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्छु भनेर जोखिम मोलेको भन्दै सरकारले ठूला र संक्रमण बढ्दै गएका सहरमा विद्यालय एक महिना बन्द गर्ने तयारी गरेको हो । बालबालिकामा संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै विद्यालय सञ्चालन गर्नु गलत भएको विश्लेषण मन्त्रालयले गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु