Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं |  पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४६० जनामा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। हालसम्म देशभर २ लाख ८० हजार ९८४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस्तै,  ८१७ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको छ। देशभर कूल ३ हजार ६०८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। ३ हजार ५८ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु