Information is intelligence
HomePoliticsअविश्वास प्रस्ताव पेश हुने भएपछि मध्यरातमै सकियाे अधिवेशन

अविश्वास प्रस्ताव पेश हुने भएपछि मध्यरातमै सकियाे अधिवेशन

- Advertisement -spot_img

अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

बुधबार राती १२ बजे प्रदेश सरकारको सिफारिस अनुसार गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुख अमिक शेरचनले सभामुखलाई दिएका छन् ।

गण्डकीमा माओवादी र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । त्यसका लागि बिहीबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै थियो । तर अविश्वास प्रस्ताव रोक्न प्रदेश प्रमुख शेरचनले मध्यरातमै प्रदेशसभा अन्त्य गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु