Information is intelligence
HomeNewsइन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने

इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने

- Advertisement -spot_img

अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न सकिने भएको छ। प्रधानमन्त्री केपी ओलीले नापी विभागमा बिहीबार आयोजित औपचारिक कार्यक्रमबाट यो व्यवस्थाको शुभारम्भ गर्नेछन् ।

विभागका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्दैन ।  ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागले जनाएको छ ।

यता, विभागले आजै (वैशाख २ गते) बाट काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयबाट यो सेवा  लागु हुने पनि जनाएको छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु