Information is intelligence
HomeEconomyरुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

- Advertisement -spot_img

रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने भएको हो ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

कम्पनीको शेयर ३७ हजार ९१६ जनाले मात्रै पाएकाले आईपीओ नतिजा छिटै हेर्न सकिने भएपनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

शुक्रबार नेप्सेमा विदा भएपनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु