Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

शनिवार (भोलि) बिहान ११ बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । त्यस्तै भोलिको बैठकमा कोरोना महामारी नियन्त्रण, संसदको अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।

‘विभिन्न समयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग छलफल गरिरहनु भएको छ । भोलिको बैठकमा पनि प्रधानमन्त्रीज्यूले कोरोना महामारी नियन्त्रण, समसायीक राजनीतिक घटनाक्रम र संसदको अधिवेशनका बारेमा छलफल गर्नुहुनेछ ।’ उनले भने ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय