Information is intelligence
HomeSportsराजस्थानद्वारा दिल्ली पराजित

राजस्थानद्वारा दिल्ली पराजित

- Advertisement -spot_img

आईपीएल २०२१ को ७ औं खेलमा राजस्थानले जित हात पारेको छ । बिहीवार राती भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्स माथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोलेको हो ।

मुम्बईको वाँखेडे मैदानमा सम्पन्न सो खेलमा टस् हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको दिल्लीको सुरुवात खासै राम्रो हुन सकेन । आफ्नो दुई शुरुवाती ब्याट्सम्यानलाई दिल्लीले सस्तोमा गुमायो। कप्तान ऋषभ पन्तको आगमन पछि दिल्लीको पारी केही सम्हालिएको थियो।

पन्तले ३२ बलमा ५१ रनको कप्तानी पारी खेल्दा दिल्लीले १४७ रनको साधारण योगफल खडा गर्‍यो। राजस्थानका लागि जयदेव उनादकातले व्यक्तिगत ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए । आफ्नो २० ओभरको खेलमा एउटा पनि छक्का प्रहार गर्न नसक्दा वाँखेडे मैदानमा यसो गर्ने दिल्ली पहिलो आईपीएल टोली बन्न पुग्यो ।

जवाफमा १४८ रनको लक्ष्य बोकेर आएको राजस्थानको सुरुवात निकै नै खराब रह्यो । पहिलो खेलमा शतक लगाएका राजस्थानका कप्तान सञ्जु स्यामसन् लगायतका सुरुवाती ४ ब्याट्सम्यानहरु लज्जास्पद रूपमा पविलियन फर्कँदा राजस्थानका लागि पारी सम्हाल्न आए दक्षिण अफ्रीकी फायरपावर डेभिड मिलर। मिलरले ४३ बलमा ६२ रन बटुल्दै राजस्थानलाई खेलमा फर्किन ठूलो मद्दत गरे।

खेलको अन्तिम समयमा दुवै टोली अराजक भएका बेला यस आईपीएल संस्करणका सबै भन्दा महंगा खेलाडी क्रिस मोरिसले १८ बलमा ४ छक्का प्रहार गर्दै अभिजित ३६ रनको पारी खेल्दा राजस्थान रोयल्सले खेल २ बल बाँकी रहँदा ३ विकेटले आफ्नो हातमा पार्न सफल भयो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु