Information is intelligence
HomeSportsआईपीएलमा मुम्बई शीर्ष स्थानमा

आईपीएलमा मुम्बई शीर्ष स्थानमा

- Advertisement -spot_img

एजेन्सी | साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए ।

हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए ।

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ३ खेलमा ४ अंक जोडेको छ ।

हैदरावादको यो लगातार तेस्रो हार हो । हैदरावाद ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु