Information is intelligence
HomeSportsबार्सिलोनाले जित्यो कोपा डेल रे

बार्सिलोनाले जित्यो कोपा डेल रे

- Advertisement -spot_img

एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा डी  जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु