Information is intelligence
HomeSportsयी हुन् हाल विश्व फुटबलका सबैभन्दा मूल्यवान् गोलकिपरहरू

यी हुन् हाल विश्व फुटबलका सबैभन्दा मूल्यवान् गोलकिपरहरू

- Advertisement -spot_img

वेबसाइट ट्रान्सफर मार्केटले हाल विश्व फुटबलका सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सूची तयार गरेको छ। उक्त सुचीमा सबैभन्दा धेरै बजार मूल्य रहेको गोलकिपरहरू रहेका छन्।

यो सुची हालको बजार मूल्यमा आधारित रहेको ट्रान्सफर मार्केटले दाबी गरेको छ भने सो सुचीको शीर्ष स्थानमा एथलेटिको म्याड्रिडका गोल किपर जाेन ओब्लाक रहेका छन्। हाल उनको बजार मूल्य €९० मिलियन रहेको जानकारी छ भने दोस्रो स्थानमा रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियस रहेका छन् । उनको मूल्य €७५ मिलियन रहेको छ।

हाल विश्व फुटबलको सबैभन्दा मूल्यवान् ५ गोलकिपरहरू सुची:

  • जाेन ओब्लाक :

स्लोभेनियाका गोलकिपर जाेन ओब्लाक विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सूचीको पहिलो स्थानमा रहेका छन् । उनी हाल स्पेनिस टिम एथलेटिको म्याड्रिडबाट आफ्नो खेल खेलिरहेका छन् । उनको बजार मूल्य €९० मिलियन रहेको छ ।

  • थिबाउट कोर्टियस :

बेल्जियमका गोलकिपर थिबाउट कोर्टियस विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सूचीको दोश्रो स्थानमा पर्न सफल भएका छन् । थिबाउट बेल्जियम र रियल म्याड्रिडको पहिलो रोजाइका गोलकिपर हुन् ।  थिबाउटको बजार मूल्य €७५ मिलियन रहेको छ ।

  • मार्क-आन्द्रे टेर स्टेगेन :

जर्मनीको दोश्रो रोजाइमा परेका मार्क-एन्ड्रे टेर स्टेगेन विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सूचीको तेश्रो स्थानमा पर्न सफल भएका छन् ।  बार्सिलोनाका पहिलो रोजाईमा रहेका टेर स्टेगेनको बजार मूल्य €७५ मिलियन नै रहेकाे छ ।

  • एलिसन बेकर :

ब्राजिल र लिभरपुलको पहिलो रोजाइका गोल किपर एलिसन बेकर विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सूचीको चौथौ स्थानमा परेका छन् ।  एलिसनको बजार मुल्य €६५ मिलियन रहेको छ ।

  • गियनलुगिन डोनारुमा :

गियनलुगिन डोनारुमा इटाली र एसी मिलानको पहिलो रोजाईका गोलकिपर हुन् । डोनारुमा विश्व फुटबलको सबैभन्दा मूल्यवान् गोलकिपरहरूको सुचीको पाँचौँ स्थानमा परेका छन् । उनको बजार मूल्य €६० मिलियन रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु