Information is intelligence
HomePoliticsतत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

- Advertisement -spot_img

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको उल्लेख गरे।

मन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाउनुभयो । कोरोना महामारीमा सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेका कारण धेरै समस्या भएको उनले गुनासो पोखे  । भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उनको आरोप थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु