Information is intelligence
HomeNewsनेपाल फर्किएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिन बस्ने, कोरोना रिपोर्ट के ?

नेपाल फर्किएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिन बस्ने, कोरोना रिपोर्ट के ?

- Advertisement -spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह भारतबाट नेपाल फर्किएका छन् । कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह आज नेपाल फर्किएका हुन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन उनी चैत २६ गते बिहीबार भारत गएका थिए। उनले गंगास्‍नान गरेका थिए ।

पूर्वराजा शाह क्वारेन्टिनमा बस्ने भएका छन् । कुम्भ मेलामा सहभागी धेरैमा कोरोना संक्रमण देखिएका कारण शाह क्वारेन्टिनमा बस्ने भएका हुन् । पहिला भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु