Information is intelligence
HomeSportsनेपालले आज मलेसियाको सामना गर्दै

नेपालले आज मलेसियाको सामना गर्दै

- Advertisement -spot_img

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ ।

प्रतियोगितामा दुबै टोलिको यो दोस्रो खेल हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह सबा एक बजेबाट उक्त खेल हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा सशक्त प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई हराएको नेपालले घरेलु मैदान उच्च मनोबलका साथ उत्रिनेछ ।

मलेसियाले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग झिनो अन्तरको हार बेहोरेको थियो ।नेदरल्याण्ड्स बिरुद्ध १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मात्र १५ रनले हार बेहोरेको मलेसियाले नेपाललाई घरेलु मैदानमा हराएर प्रतियोगितामा आफ्नो स्थितिलाई बलियो बनाउन प्रयत्नशील रहनेछ ।

पहिलो खेलमा हार बेहोरेकोले प्रतियोगितामा जिवित रहन समेत मलेसियाले आजको खेल जित्नैपर्ने दबाब हुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु