Information is intelligence
HomePoliticsविद्यालय वैशाखभर बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

विद्यालय वैशाखभर बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

- Advertisement -spot_img

काठमाडौं : सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। अति प्रभावित जिल्लाहरुमा  काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन्।

आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ। यसैगरी, रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्‌गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय