Information is intelligence
HomePoliticsसंसद् अधिवेशन अन्त्य गरिँदै

संसद् अधिवेशन अन्त्य गरिँदै

- Advertisement -spot_img

प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।मन्त्रिपरिषद्को सिफारिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्यको घोषणा गर्नेछिन्।

गत फागुन ११ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो। तर यसबीचमा विधेयक पासलगायत कुनै काम संसदले गर्न नसकेपछि सरकारले अधिवेशनै अन्त्यको निर्णय गरेको हो।

आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस हुने भएकाले बर्खे अधिवेशन चाँडै आह्वान हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु