Information is intelligence
HomeSportsनेपाल ९ विकेटले विजयी, कुशलको लगातार दोस्रो अर्धशतक

नेपाल ९ विकेटले विजयी, कुशलको लगातार दोस्रो अर्धशतक

- Advertisement -spot_img

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित  गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अर्धसतक हानेका छन् । उनले अघिल्लो खेलमा पनि अर्धसतक हानेका थिए । कुशल भुर्तेल नट आउट हुदै ४१ बलमा ६१ रन हानेका थिए भने आशिफ सेकले २८ बलमा ४२ रन हानेर आउट हुँदा उनको ठाउमा दिपेन्द्र सिंग ऐरे मैदानमा आएका थिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ सम्हाल्न आएका दुवै जना मलेसियन बलर माथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु