Information is intelligence
HomeSportsटोटनहमद्वारा जोसे मोउरिन्होलाई बर्खास्त

टोटनहमद्वारा जोसे मोउरिन्होलाई बर्खास्त

- Advertisement -spot_img

एजेन्सी | टोटनहमले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । उनलाई जिम्मेवारी दिएको १७ महिनापछि बर्खास्त गरेको हो । यस सिजन टोटनहमले सन्तुलित खेल प्रदर्शन गर्न सकेको छैन ।

प्रिमियर लिगमा ३२ खेलमा टोटनहमले ५० अंक जोडेको छ ।

लिगको सातौँ स्थानमा रहेको टोटनहमले यस सिजन सोचेजस्तो नतिजा ल्याउन नसकेपछि प्रशिक्षक मोउरिन्होलाई बर्खास्त गरेको हो ।

पछिल्लो खेलमा टोटनमले इभर्टनसँग दुईदुई गोलको बराबरी खेल खेलेको थियो । त्यस्तै युरोपा लिगमा दुई गोलको अग्रता जोगाउन नसक्दा डाइनामो जाग्रेवसँग टोटनहम प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु