Information is intelligence
HomeNewsबालुटारमा बनेको नियम बालुटारबाटै उल्लंघन सुरू

बालुटारमा बनेको नियम बालुटारबाटै उल्लंघन सुरू

- Advertisement -spot_img

स्वास्थ्य मापदण्ड पालना गर्न भन्दै निर्देशन दिएको भोलिपल्ट नै बालुवाटारले उक्त निर्देशनको उल्लंघन गरेको छ ।

सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको थियो । त्यसको २४ घण्टा बित्न नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडभाड सहित श्री सिताराम शोभा रथयात्रा स्थापना समारोहमा सहभागी भएका हुन ।

रथ यात्राका लागी बुधबार चितवनको देवघाटमा ८ सय जना र माडीमा १५ सय जनालाई भोज खुवाउने व्यवस्था गरिएको छ ।

सोमबारको बैठकमा मापदण्ड उल्लंघन गर्नेहरूलाई सङ्क्रामक रोग ऐन अनुसार कानूनी कारवाही गरिने चेतावनी दिइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु