Information is intelligence
HomeEconomyदुइ धारकाे बीचमा धिताेपत्र बाेर्ड , के गर्ला १० कित्ते नीति ?

दुइ धारकाे बीचमा धिताेपत्र बाेर्ड , के गर्ला १० कित्ते नीति ?

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले साधारण शेयर (आईपीओ) मा १० कित्ते नीति हटाउने तयारी गरेको छ । शेयर पर्नेलाई कम्तीमा १० कित्ता पाउने विद्यमान व्यवस्थालाई हटाउँदै कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम बनाउने अन्तिम गृहकार्य गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले १० कित्ते नीति पुनरावलोकनका विषयमा अध्ययन भइरहेको बताए । केही समयअघि नै यो नीति हटाउने बोर्डको तयारी थियो । तर साना लगानीकर्ताहरूले विरोध गरेपछि निर्णय भने हुनसकेको छैन ।

१० कित्ता पर्ने भएका कारण साधारण शेयर (आईपीओ) मा अहिले न्यूनतम १० कित्ता अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन भएको छ भने १००० रुपैयाँ भए आवेदन दिन पाइन्छ ।

आईपीओ आवेदकहरूको संख्या ठूलो भएको छ । पछिल्लो समय ३४ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् ।

त्यसमध्ये कम्तिमा ५० प्रतिशतले आईपीओका लागि आवेदन दिने गरेका छन् । आवेदक धेरै हुँदा थोरैले मात्रै आईपीओ हात पार्छन् ।

१० कित्ते नीति हटाउने कि राख्ने भन्ने विषयमा शेयर बजारका लगानीकर्ता नै दुई पक्षमा छन् । खासगरी ठूला लगानीकर्ता यो व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन् भने साना लगानीकर्ता विद्यमान व्यवस्थालाई नै कायम राख्नुपर्नेमा छन् ।

१०-१० कित्ता शेयर बाँडिंदा धेरै ठाउँमा छरिने र त्यसले सर्कुलेशनमा समस्या हुने ठूला लगानीकर्ताको दाबी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु