Information is intelligence
HomeNewsपूर्वराजा रानीलाई कोरोना संक्रमण पुष्टि

पूर्वराजा रानीलाई कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन उनी चैत २६ गते बिहीबार भारत गएका थिए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ । पहिला भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु