Information is intelligence
HomeSportsकुशल भुर्तेलले राखे विश्व किर्तिमान

कुशल भुर्तेलले राखे विश्व किर्तिमान

- Advertisement -spot_img

त्रिदेशीय टी 20 क्रिकेटकाे तेश्राे खेलमा नेदरल्याण्ड विरूद्धकाे खेलमा अर्धशतक प्रहार गरेसँगै नेपाली क्रिकेट टीमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले विश्व किर्तिमान राखेका छन् ।

पहिलाे तीनवटा खेलमा लगातार अर्धशतक प्रहार गर्दै कुशलले विश्व किर्तिमान राखेका हुन् ।

कुशलले ४१ बलमा आफ्नो अर्धसतक पूरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्रहार गरेका छन् । यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धशतकीय पारी खेलेका थिए ।

आज टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएका थियो । ओपनर आसिफ सेकले आज शून्यमै आउट भए । त्यसपछि कुशलले कप्तान ज्ञानेन्द्र मल्लसित मिलेर नेपाललको स्कोरबोर्ड उकासेका थिए ।

ज्ञानेन्द्र मल्ल १४ बलमा २० रन बनाएर आउट भए । अहिले कुशल र दिपेन्द्र क्रिजमा छन् । यो समाचार लेख्दासम्म नेपालले १३ दशमलब २ ओभरमा २ विकेट गुमाएर ११७. रन बनाएको छ ।

अन्तर्राष्ट्रिय टी-२० मा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनीहरुले लगातार ४ अर्धसतक हानेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु