Information is intelligence
HomePoliticsकार्यकर्ता भेला गर्दा स्वास्थ्य मापदण्ड उल्लंघन हुँदैन ?

कार्यकर्ता भेला गर्दा स्वास्थ्य मापदण्ड उल्लंघन हुँदैन ?

- Advertisement -spot_img

नेपाल सरकार मन्त्रीपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सुचना तथा सञ्चार मन्त्री पार्वतराज गुरूङ्गले सार्वजनिक स्थानहरूमा २५ जनाभन्दा बढी जम्मा हुन नमिल्ने , रेष्टुरेन्ट, कभर्ड हल लगायतका स्थानहरू बेलुकी ८ बजेभन्दा पछि खाेल्न नमिल्ने , विभिन्न खेलकुदहरू सञ्चालन गर्दा दर्शकहरूबिना नै सञ्चालन गर्नुपर्ने भन्दै निर्णय सुनाए ।

भाेलीपल्ट दशरथ रंगशालाकाे कभर्ड हलमा नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेला आयाेजना भयाे । प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे नेपाल खेलकुद महासंघले स्वास्थ्य सुरक्षा मापदण्डकाे पालना नगरी कार्यकर्ता भेला गरेकाे पाइएकाे हाे ।

सरकारले नै विभिन्न मापदण्डहरू ताेक्ने अनि सरकारी निकायहरू नै उक्त मापदण्डकाे पालना नगर्ने भए के नियमहरू साँच्चिकै साना जनताकाे लागि मात्र हाे ? के काेराेना महाहारी सामान्य जनताकाे सहभागिताकाे कारणमात्र फैलिन्छ ?

बैशाख ११ गते प्रधानमन्त्रीले धरहराकाे उद्घाटन गर्ने विज्ञापन गरिएकाे छ । बढ्दाे काेराेना महामारीकाे संक्रमणका बेला राष्ट्रिय गाैरवकाे आयाेजना सम्पन्न भएपश्चात कुन चै परियाेजनाकाे सुरूवात भएकाे स्थानमा सामान्य जनताकाे सहभागिता हुँदैन ? त्याेपनि देशकै प्रधानमन्त्री उपस्थित हुने ठाउँमा ?

नागरिकहरूकाे स्वास्थ्य र सुरक्षाकाे प्रत्याभूति महत्वपूर्ण कुरा हाे कि महामारीकाे समयमा उद्घाटन र भेला महत्वपूर्ण हाे त ? कार्यकर्ताहरूबाट काेराेना भाइरसकाे संक्रमण फैलिँदैन भन्ने कहिँ कतै कुनै अनुसन्धानबाट खुलेकाे छ ?

बैशाख ७ गते प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा नेकपा एमालेकाे माधव नेपाल पक्षकाे अनेरास्ववियुले कार्यकर्ता भेला आयाेजना गर्याे । यस्ता कार्यकर्ता भेलामार्फत फैलिने संक्रमणकाे जिम्मा कसले लिने ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु