Information is intelligence
HomeEconomyसीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने, कति कित्ता निष्कासन ?

सीईडीबी हाइड्रोपावरले वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने, कति कित्ता निष्कासन ?

- Advertisement -spot_img

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २१३ जार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

सीईडीबीको आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ ।

यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल हो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय