Information is intelligence
HomeSportsआज नेदरल्यान्ड्स र मलेसियाबीच भिड्दै

आज नेदरल्यान्ड्स र मलेसियाबीच भिड्दै

- Advertisement -spot_img

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच भिड्दै छन् ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छन् ।

यता, मलेसिया भने पहिलो जितको खोजीमा हुनेछ । मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।

दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिनेछ । नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय