Thursday, June 24, 2021
HomeSportsआईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

- Advertisement -
- Advertisement -spot_img

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछ ।

चेन्नईमा हुने पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र हैदरावादबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । पन्जाबले ३ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

पुछारमा रहेको हैदरावादले ३ खेलमा ३ खेल नै गुमाएको छ ।

अर्को खेलमा कोलकत्ता नाइट राईडर्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ । कोलकत्ता र चेन्नईबीचको खेल नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ ।

कोलकत्ताले ३ खेलमा २ अंक जोडेको छ । चेन्नई भने तेस्रो जितको खोजीमा हुनेछ ।

चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय