Information is intelligence
HomeNewsनेपाललाई थप चिनाउँदै गाैरीका र प्रकाश फाेर्ब्सकाे प्रभावशाली युवाकाे सूचीमा पर्न सफल

नेपाललाई थप चिनाउँदै गाैरीका र प्रकाश फाेर्ब्सकाे प्रभावशाली युवाकाे सूचीमा पर्न सफल

- Advertisement -spot_img

विश्व प्रसिद्ध फोब्र्स म्यागजिनको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा यस पटक नेपाली युवा पर्न सफल भएका छन् ।  सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।

मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको सूचीमा पर्न सफल भएकी छिन् । गत वर्षझैं यसपटक पनि एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका हुन् ।

गत वर्ष चारजना नेपाली युवा उक्त सूचीमा परेका थिए । फोब्र्सले हरेक वर्ष विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरू समावेश गरेर सूची प्रकाशित गर्ने गर्दछ । जसमा प्रत्येक वर्ष नै नेपाली युवाहरू पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय