Information is intelligence
HomeEducationनेपाल संस्कृत विश्वविद्यालयमा ३५ वर्षपछि पाठ्यक्रम परिमार्जन

नेपाल संस्कृत विश्वविद्यालयमा ३५ वर्षपछि पाठ्यक्रम परिमार्जन

- Advertisement -spot_img

नेपालकै दाेश्राे ठुलाे विश्वविद्यालय तथा दाेश्राे पुरानाे विश्वविद्यालय नेपाल संस्कृत विश्वविद्यालयमा ३५ वर्षपछि पहिलाेपटक पाठ्यक्रम परिमार्जन भएकाे छ ।

स्थापना भएकाे समयदेखि हालसम्म एउटै पाठ्यक्रम र पाठ्यपुस्तक अध्यापन गराइँदै आएकामा अहिले भने पाठ्यक्रम परिमार्जन भएकाे हाे ।

देशभरी १६ भन्दा बढी आंगिक क्याम्पसहरू रहेकाे नेपाल संस्कृत विश्वविद्यालयकाे केन्द्रिय कार्यालय दाङ्गकाे बिजाैरीमा रहेकाे छ । २०४३ सालदेखि हालसम्म उही पाठ्यक्रम र पाठ्यपुस्त अध्यापन गराइँदा विश्वविद्यालयबाट उत्पादित जनशक्तिकाे बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा कमी आएकाे थियाे ।

वर्तमान उपकुलपति यादवप्रकाश लामिछानेका अनुसार अघिल्ला पदाधिकारीहरूले पाठ्यक्रम परिमार्जन समिति बनाएकाे र आफूले त्यसलाई चलायमान गराउने प्रयास गरेका कारण अहिले विश्वविद्यालयमा पाठ्यक्रम परिमार्जन गर्न सम्भव भएकाे बताएका छन् ।

शैक्षिक सत्र २०७८ देखि शास्त्री तहमा नयाँ पाठ्यक्रम लागु हुने र क्रमशः अन्य तहमा पनि लागु हुँदै जाने उनले बताए । पाठ्यक्रम परिमार्जनसँगै तीनवर्षे शास्त्री तहलाई चार वर्षे बनाइएकाे पनि उनले दरबार टाइम्सलाई जानकारी दिए ।

नयाँ पाठ्यक्रम लागु गरेसँगै नयाँ पाठ्यपुस्तक सबै विद्यार्थीहरूकाे हातहातमा पुर्याउनुपर्ने बाध्यता अहिले विश्वविद्यालयलाई रहेकाे छ । थाेरै विद्यार्थी भएकाले पाठ्यपुस्तक छपाउँदा महङ्गाे पर्न आउने देखिएपनि विश्वविद्यालय आफ्नाे कर्तव्यबाट नभाग्ने उपकुलपति लामिछानेले बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु