Information is intelligence
HomeInternationalअस्पतालकाे लापरबाहीका कारण अक्सिजन नपाएर २२ जनाकाे मृत्यु

अस्पतालकाे लापरबाहीका कारण अक्सिजन नपाएर २२ जनाकाे मृत्यु

- Advertisement -spot_img

भारतकाे नासिकस्थित जाकिर हुसेन अस्पतालमा अस्पतालकाे लापरबाहिका कारण २२ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरू सबै काेराेनाका बिरामी भएकाे भारतका स्वास्थ्यमन्त्री राजेश टाेपेले बताएका छन् ।

अस्पतालमा अक्सिजन लिक हुँदा बिरामीहरूले अक्सिजन नपाएर मृत्यु भएकाे बताइएकाे छ । मृत्यु  हुनेका आफन्तहरूले भने अघिल्लाे दिनदेखि नै अस्पतालमा अक्सिजनकाे कमी भएकाे र प्रशासनलाइ खबर गर्दा पनि समयमा अक्सिजन ल्याउन नसकेकाे भन्दै अस्पतालकाे लापरबाहीका कारण आफन्त गुमाउनु परेकाे बताएका छन् ।

ठिक हुँदै थिइन् बिरामी
एक बृद्धले आफ्नी बुहारी ४ दिन अघि अस्पताल ल्याएकाे र लगातार ठिक हुँदै गएकाे तर अक्सिजन नपाएपछि आँखै अगाडी बुहारीले तड्पि तड्पि मृत्यु वरण गरेकाे बताएका छन् ।

अस्पताल प्रशासनले ३० मिनेट अक्सिजन सप्लाइ बन्द भएकाे बताएपनि बिरामीका आफन्तहरू २ घण्टाभन्दा बढी अक्सिजन सप्लाइ नभएकाे बताइरहेका छन् । आफूहरूले आफन्त गुमाएकाे र यसकाे जिम्मा कसले लिने भन्दै अस्पताल बाहिर आफन्तहरू राेइकराइ गरिरहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु