Information is intelligence
HomeInternationalफाेटाेग्राफरकै मुटु काँप्ने काेराेनाकालका यी १५ तस्वीर

फाेटाेग्राफरकै मुटु काँप्ने काेराेनाकालका यी १५ तस्वीर

- Advertisement -spot_img

काेराेना सेन्टरमा जानुभन्दा पहिले अन्तिमचाेटी आफ्नाे पतिकाे हात समाउने पत्नी हाेस या मृत्युकाे मुखमा पुगेर फर्किएका आफन्तलाइ महिनाैँपछि भेट्ने आफन्त हुन् । तड्पिरहेकाे बिरामीलाइ भराेसा दिलाइरहने नर्स हाेस् या आफ्नै आँखाकाे अघि हारीरहेकाे जिन्दगी देख्दै गरेकाे डाक्टर हाेस । दैनिक काराेनाबाट मृत्यु भएकाहरूकाे अन्तिम संस्कार गरिरहेकाहरू। यस्तै कति प्रकारका तस्बिहरू हाम्राे आँखामा आजसम्म झल्किरहेका छन् । तर, शायदै हाम्राे ध्यान यी तस्बिर खिच्नेवालातिर पुगेकाे हाेला ।

एसाेसिएट प्रेस अर्थात AP ले आफ्ना १३ देशका १५ फाेटाेग्राफर्सहरूलाइ काेराेनाकालमा खिचेका तस्बीरहरूमध्ये उनीहरूलाइ प्रभाव पारेकाे अथवा गहिराे कथा बाेकेकाे कुनै १ तस्बिर पठाउन अनुराेध गर्याे । ती फाेटाेग्राफरहरूले पठाएकाे फाेटाे र त्यसकाे कथा सुनेर जाे काेहीकाे पनि मुटु काँप्ने गर्छ । आउनुहाेस फाेटाेग्राफरहरूले खिचेकाे फाेटाे र त्यसकाे बारेमा जानाैँ

फाेटाेः Ebrahim Noroozi / AP

१९ डिसेम्बर २०२० उत्तरी इरानकाे घीमशहर । फाेटाेग्राफर इब्राहिम नाेरूजी सँधैजस्ताे फाेटाे खिच्न घरबाट निस्केका थिए । त्यहिबेला उनकाे आँखाकाे अघि एक यस्ताे भयावह दृश्य देखियाे , जसकाे तस्बीर खिच्नका लागि उनले क्यामरा उठाउन समेत सकेनन् । फेरी उनले १८ वर्षीय के माे हुसेन खाेशनजर, ३१ वर्षका हसन कबीर र ५३ वर्षका अली रहीमीलाइ देखे । ती तीनजना व्यक्ति काेराेनाबाट मृत्यु भएकाे व्यक्तिकाे लास सफा गरिरहेका थिए । त्यसकाे अन्तिम संसकार गर्ने तयारी गरिरहेका थिए । इब्राहिम भन्छनः म बस एक लास देखेर डराइरहेकाे थिएँ । तर उनीहरू यस्तै ५०० भन्दा बढी लास दैनिक जलाइरहेका छन् । फेरी भाेलीपल्ट पनि काममा आउँछन् उनीहरू । यही कुरालाइ जाेड दिएर मैले आफूलाइ बचाउन सकेँ , नत्र मेराे सास त्यहि दिन जानेवाला थियाे । उनकाे आखैकाे अगाडी काेराेनाबाट ज्यान गुमाएका एक ५९ वर्षीय व्यक्तिकाे लास जलाउनुभन्दा पहिले सफा गरिँदै थियाे ।

फाेटाेःAlessandra Tarantino/AP

याे तस्बिराइ ध्यान दिएर हेर्नुहाेस । कुनै अन्दाजा लगाउन सकिन्छ ? याे २०२० अप्रिल १८ तारिककाे हाे । इटालीकाे राेममा चर्चित राेलर सर्कस साे हुनेवाला थियाे । तर साे हुनुभन्दा केहि समयअघिमात्र इटालीमा पूर्ण लकडाउन भयाे । तर एक सर्कसकर्मी पूरै तयार भएर आइन् र साे पनि गरिन् । उनलाइ हेर्ने कुनै दर्शक थिएनन् । कुनै म्युजिक बजेकाे थिएन । फाेटाेग्राफर एलेसेन्ड्राका अनुसार उनकाे अनुहारमा छाएकाे भाव र सुनसान सर्कसका कारण मुटु नै काँपेकाे थियाे ।

फाेटाेः Alexander Zemlianichenko/AP

काेराेना महामारीकाे डर मनमा लिएर अर्काे बिमारीलाइ राहतकाे आभाष दिलाउनु कत्तिकाे साहसिक कदम हाे ? यही समयलाइ रूसका फाेटाेग्राफर अलेक्जेण्डर जमेलियानिचेकाेले कैद गरेका थिए १ जुन २०२० मा । एक फादर जाे प्रत्येक बिरामीहरूकाे घरघर पुगेर प्रार्थना गर्दथे । फादरकाे त्याे डर र भराेसा मिश्रित अनुहार देखेर फाेटाेग्राफरकाे हात तस्बिर कैद गर्नका लागि समेत हिम्मतिलाे बनेकाे थिएन ।

फाेटाेःNatacha Pisarenko/AP

१३ अगस्ट २०२० , अर्जेन्टिनामा एक ८४ वर्षीय बृद्धाले काेराेनालाइ  जितेपछि खुशीले गदगद हुँदै जब फाेटाे खिच्नका लागि पाेज दिइन् । फाेटाेग्राफर नताशा पिजारेन्काे अचम्मित र अत्यन्त खुशी भइन् । आजपनि नताशालाइ याे फाेटाे हेर्दा धेरै आनन्द मिल्छ र आत्मबल पनि मिल्छ । उनी भन्छिन्ः जब मैले फाेटाे खिच्नका लागि क्यामरा उठाएँ ती बृद्धाले आफ्नाे हात मुठ्ठी कसेर आकासतिर उठाइन र मुस्कुराइन् । म अचम्मित र एकदमै खुशी भएँ ।

फाेटाेःFelipe Dana/AP

ब्राजिलका फोटोग्राफर फिलिप डेना कोरोना महामारि भन्दा पहिले एउटा असाइन्मेन्टका लागि स्पेन गएका थिए । महामारी फैलिएपछि उनलाई ब्राजिल फिर्ता बोलाइयो । त्यसपछि उनलाई कोरोनाबाट मृत्यु भएका हरुको लाश जलाउने कामको फोटो खिच्न लगाइयो ।जब उनी काममा लागे उनले देखे की लाशालाई सडकबाट लैजानु साटो एक नदी हुँदै लगिँदै थियो । पछि उनलाई थाहा भयो कि सडकबाट लैजादा भाइरस फैलिने डरका कारण नदीबाट लास लागिएको थियो । यो सब देखेपछि फिलिपको मनमा यस्तो डर पैदा भयो कि आजसम्म पनि उनी यसबाट छुटकारा पाउन सकेका छैनन् ।

Ariana Cubillos/AP

एरियाना क्युबिलेस आजपनि यो तस्बिर हेर्दा झस्किन्छिन् । उनलाई लाग्छ की कोरोना उनको स्वतन्त्रता छिन्यो । यो तस्बिर ८ अगष्ट २०२० को हो यसमा भेनेजुएलाका पुलिसहरु नियम पालना नगर्ने हरुलाई भ्यानमा राखेर लैजाँदै छ ।

फाेटाेःManish Swarup/AP

दिल्लीका फोटोग्राफर मनीष स्वरूप जतिबेला यो फोटो हेर्छन् त्यतिबेला आफूलाई एक्लो र बेसाहारा पाउँछन् । यो तस्वीर प्रवासी मजदुरहरु भारत आउँदा एक बच्चीलाई क्वारेन्टाइन मा राख्दाको हो । जहाँ उनको साथमा अरु कोही छैनन्। उनी उदास भएर झ्यालबाट बाहिर हेर्दै थिइन् ।

फाेटाेः Jae C. Hong/AP

क्यालिफाेर्नियाकाे सेण्ट ज्यूड मेडिकल सेन्टरकाे याे तस्बिर जाेय सि हांगले खिचेका थिए । जाेय आफ्नाे पारिवारिक कामका लागि सेण्टर गएका थिए । त्यहाँ उनले एक पत्नी जाे आफ्नाे पतिलाइ अलविदा भन्दै थिइन् । उनलाइ देखे । तस्बिर त उनले खिचे । तर याे तस्बिरले उनलाइ भित्रैदेखि हलचल पैदा गरिदियाे । उनी भन्छन्ः मेराे करियरमा याे पहिलाेपटक हाे , मेरै अगाडी काेही मर्दै गरेकाे देखेँ ।

फाेटाेः John Minchillo/AP

अघिल्लाे वर्ष न्यूयाेर्कका सबै अस्पताल तथा घाटमा फाेटाे पत्रकार प्रतिबन्धित थिए । तर पछि कुनै कुनै अस्पतालहरूले फाेटाे पत्रकारहरूलाइ अनुमति दिए । उनीहरूलाइ लाग्याे कि जब मानिसहरू आफ्नाे आँखाले सच्चाइ देख्छन् तब याे बिमारीलाइ गम्भीरताका साथ लिन्छन् । त्यहीबेला जाेन मिनचिलाेलाइ एक अस्पतालमा जाने माैका मिल्याे । उनकै आँखा अघि एक काेराेना बिरामीलाइ कार्डियाक अरेस्ट आयाे । अस्पतालका सबै स्टाफहर एकातर्फ बिरामीकाे उपचार गरिरहेका  थिए भने दाेस्राेतर्फ बिरामीकाे हाैसला नटुटाेस भनी अजिब हर्कत गरिरहेका थिए । फाेटाेग्राफर जाेन बताउँछन् कि केही समयसम्म उनलाइ अचम्म लागिरह्याे । उनले याे तय गर्न सकेका थिएनन् कि याे फाेटाे खिचुँ या नखिचुँ । अन्तिममा उनले याे फाेटाे खिचेरै फर्किए ।

Ng Han Guan/AP

याे तस्बिर चीनकाे बुहान प्रान्तकाे हाे । ७६ दिनकाे लकडाउन खुलेपछि जब फाेटाेग्राफर एनजी हान गुआनले एक बालकलाइ मास्क लगाएर सुतेकाे देखे उनकाे मनमा नकारात्मकता फैलियाे । उनले बितेका अढाइ महिनाका सबै कुरा सम्झिए । जब शहर पुरै मृत्युकाे मुखमा पुगेकाे थियाे । नदी किनारमा घुम्न आउने एक दुइ मानिसले उनकाे मनमा खुशी पैदा गर्याे ।

फाेटाेःEmilio Morenatti/AP

२२ जुन २०२० , स्पेनकाे बार्सिलाेनाकाे एक अस्पतालमा ८१ वर्षीय अगस्टिना केनामेराेले आफ्ना ८४ वर्षीय पति पास्कल परेजलाइ छाेड्नुभन्दा अघि दाैडेर गला लगाइन अनि किस गर्न थालिन् । उनीहरूकाे बीचमा एक प्लास्टिक थियाे । जसले उनीहरूलाइ छुट्याएकाे थियाे । याे पललाइ क्यामरामा कैद गर्ने फाेटाे पत्रकार एकिलाे माेरेन्टी भन्छिन्ः फाेटाे खिच्ने बेला मैले आँफैलाइ सम्हाल्न सकिनँ । आँखाबाट आँशु बगिरहेका थिए । मैले आफ्नाे धेरै भित्रदेखि नै एकप्रकारकाे दुःख महसुस गरेकी थिएँ ।

फाेटाेः Jerome Delay/AP

२८ मार्च २०२० इस्ट जाेहान्सबर्गकाे अलेक्जेण्ड्रा टाउनसिकाे ब्वाइज हाेस्टलकाे छेउमा तैनाथ बन्दुकधारी पुलिसफाेर्स । फाेटाेग्राफर जेराेम देरी भन्छन्ः याे तस्बिरलाइ देख्दा मलाइ १९९४ भन्दा पहिलेकाे साउथ अफ्रिका याद आउँछ । जब उनी फाेटाे खिचिरहेका थिए तब ब्वाइज हाेस्टलबाट मानिसहरू चिच्याइरहेका थिएः हामी बाहिर गएनाैँ , काम गरेनाैँ भने के खाने ? हामीसँग खानका लागि केही छैन ।

फाेटाेः Rodrigo abd/AP

पेरूकाे लिमा शहर । यहाँ लामाे मरूभूमी छ । यहाँ करिब १ कराेड मानिस गरिबीकाे रेखाभन्दा तल्लाे स्तरकाे जीवन गुजारा गरिरहेका छन् । कहिलेकहिले त उनीहरूसँग पिउने पानीसमेत हुँदैन । यस्ताे स्थानमा गएर काम गर्ने स्वास्थ्यकर्मीहरूलाइ कति गार्हाे हुन्छ कि उनीहरू त्यहाँ जाउन्, काेराेनाका बिरामीहरूकाे उपचार गरून अनि यदि कसैकाे मृत्यु भएमा उनीहरूकाे अन्तिम संस्कार गरून् । फाेटाेग्राफर राेड्रिगाे एबीडी भन्छन्ः म कहिले पनि याे तस्बिरलाइ बिर्सिन सक्दिनँ । अन्तिम संस्कार गर्ने व्यक्तिहरू त्याे ठाउँमा जसरी काम गरिरहेका थिए , त्याे देखेर पीडा र आफ्नाे कामप्रति जिम्मेवारी भाव दुवै एकैसाथ आउँछन् ।

फाेटाेःOded Balilty/AP

याे तस्बिर इजरायलका फाेटाेग्राफ ओडेज बेलिल्टीले २१ सेप्टेम्बर २०२० मा खिचेका थिए । हाेलाेकास्ट सर्वाइवर अर्थात जब जर्मन तानाशाह एडाेल्फ हिटलर इजरायलका मानिसहरूलाइ बन्दी बनाएर मारिरहेका थिए , त्यहाँबाट बाँचेर निस्किन सफल एहाेशुआ डेटसिनिगर आफ्नाे हातमा छापिएकाे बन्दी नम्बरवाला ट्याट्रमा धागाे बाँधिरहेका थिए । उनी बिहानकाे प्रार्थनाका लागि यहुदीहरूकाे उपासनागृह सिनेग्याग जाँदै थिए । जबकि सरकारले उक्त स्थान केबल २०जनाका लागि मात्र खाेलेका थिए । ओडेब भन्छन्ः एहाेशुआलाइ देखेर मलाइ लाग्याे कि उनले पछिल्लाे युद्ध पनि जितेकाे थिए , अब एकचाेटी फेरी दाेस्राे युद्ध पनि जित्न तयार छन् । याे कुराले मेलाइ गहिराे प्रभाव पार्याे ।

फाेटाेः AP/Andre Penner

याे अन्तिम तस्बिर १ अप्रिल २०२० काे हाे । याे भयावह स्थान ब्राजिलकाे साओ पाउलाेकाे हाे । यसलाइ आन्द्रे पेनरले खिचेका हुन् । पहिलाेचाेटी साेशल मिडियामा जब याे तस्बिर भाइरल हुन थाल्याे प्रेसिडेन्ट जाेयर बल्सनाराेले यसलाइ फेक न्युज भनेका थिए । यतिबेला ब्राजिल सरकार काेराेनाबाट मृत्यु भएकाहरूकाे सहि आँकडा बताउनबाट लुकिरहेकाे थियाे । त्यहि बेला पेनरले याे तस्बिर आफ्नाे घरबाट ड्राेन उडाएर खिचेका थिए । उनलाइ डर लागेकाे थियाे कि उनी बाहिर गएर फाेटाे खिचे भने घरमा भाइरस लिएर छिर्नेछन् । तर याे तस्बिर देखेपछि उनकाे  मनमा अचम्मकाे डरले डेरा जमायाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु