Thursday, June 17, 2021
HomeSportsआईपीएल हैदराबाद र चेन्नाई सुपर किंग्स विजयी

आईपीएल हैदराबाद र चेन्नाई सुपर किंग्स विजयी

- Advertisement -
- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पन्जाब किंग्सलाई ९ विकेटले हराएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन मात्रै बनाउन सक्यो । यसको जवाफमाहैदराबादले १८.४ ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएर खेल जितेको थियो ।

यस १४औं संस्करणको आईपीएलमा हैदराबादको यो पहिलो जितसमेत हो । यसअघि, टिमले लगातार ३ खेलमा हार बेहोरेको थियो । यस्तै, टिमले पन्जाबमाथि १०औं जित समेत थियो । यो जितसँगै हैदराबाद अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ । पन्जाब भने आठौं स्थानमा झरेको छ ।

हिजोनै भएको अर्को खेलमा  चेन्नाई सुपर किंग्सले कोलकातामाथी जित हात पारेकोछ । आन्द्रे रसेल र प्याट कमिङ्सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नाईले कोलकातालाई १८ रनले पराजित गर्‍यो । तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोडेको चेन्नाई रोयल च्यालेन्जर्स बेंगलोरलाई रन रनेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । चार खेल खेल्दा तेस्रो हार व्यहोरेको कोलकाता २ अंकसहित छैटौं स्थानमा छ ।

मुम्बईस्थित वाङखडे स्टेडियममा चेन्नाईले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकताले १९.१ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनायो ।

कोलकाताका लागि प्याट कमिङ्सले अविजित रहँदै ६६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय