Information is intelligence
HomeSportsरियल शीर्ष स्थानमा, बेन्जामाको दुई गोल

रियल शीर्ष स्थानमा, बेन्जामाको दुई गोल

- Advertisement -spot_img

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । काडिजलाई तीन–शून्य गोलले हराउँदै रियल मड्रिड अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जेमाले दुई र आल्भारो ओडरियोजोलले एक गोल गरे । रियल मड्रिडले १० मिनेटको अन्तरमा तीन गोल गरेपछि पहिलो हाफमा फराकिलो अग्रता बनायो ।

खेलको ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्जेमाले मड्रिडलाई अग्रता दिलाए । ३३ औँ मिनेटमा ओडरियोजोलाले गोल गरेपछि मड्रिडको अग्रता दोब्बर बनेको थियो । खेलको ४० औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै मड्रिडलाई तीन शून्यले अघि राखे ।

जितसँगै ३२ खेलमा ७० अङ्कसहित रियल मड्रिड शीर्षस्थानमा उक्लिएको छ । काडिजभने ३२ खेलमा ३६ अङ्कसहित १३ औँ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु