Information is intelligence
HomePoliticsसहमतिकाे तस्वीरले देखाएकाे एमाले विभाजन

सहमतिकाे तस्वीरले देखाएकाे एमाले विभाजन

- Advertisement -spot_img

लामाे समयदेखिकाे माैनता ताेड्दै प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालले नक्सालस्थित म्यारियट हाेटलमा बैशाख ८ गते संवाद गरे । संवादपश्चात माधव नेपालले केही प्रतिकृया दिन चाहेनन् भने प्रधानमन्त्री सुटुक्क बाहिरिए ।

त्यही बैठकमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार माेति दुगडले भने पत्रकारहरूलाइ दुवै नेता खुशी अनुहार लिएर बाहिरिएकाले केही भएकाे हुनसक्ने बताए ।

भाेलीपल्ट अर्थात बैशाख ९ गते पुनः प्रधानमन्त्री ओली र माधव नेपाल म्यारियट हाेटलमा भेटवार्ता गरे । म्यारियट हाेटलबाटै नवनिर्मित धरहराकाे अवलाेकन गरेकाे तस्वीर अनलाइन माध्यममार्फत सार्वजनिक भए ।

फाेटाे सार्वजनिक भएपछि दुवै नेता सहमतिनजिक पुगेकाे अड्कलबाजी काटिए । तर जब बैठकस्थलबाट माधव नेपाल बाहिरिए तब सबै प्रश्नकर्ताहरू स्तब्ध भए । उनले अब सहमति हुने अवस्था बाँकी रहेन भनेपछि एमालेमा फेरी एकप्रकारकाे तरङ्ग पैदा भयाे ।

दुइदिनकाे भेटमा बाहिरिएका दुइओटा तस्वीरले सहमतिनजिक पुगेकाे आशंका गरिएपनि दुवै तस्वीरकाे विपरित नेकपा एमाले विभाजित भएकाे छ । जसकाे औपचारिक घाेषणा अब कुन दिन हुने भन्ने मात्र बाँकी रहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु