Information is intelligence
HomeNewsपूर्व–पश्चिम राजमार्ग अवरुद्ध

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

- Advertisement -spot_img

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावत घाइते भएका थिए ।

ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु