Information is intelligence
HomePoliticsशेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

शेरबहादुर तामाङलाई एमाले कार्यालय सचिवको जिम्मेवारी

- Advertisement -spot_img

नेकपा (एमाले)ले नेता शेरबहादुर तामाङलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिएको छ । प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिइएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले तामाङलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु