Information is intelligence
HomeNewsआइतबारबाट जोर बिजोर प्रणाली लागू हुने

आइतबारबाट जोर बिजोर प्रणाली लागू हुने

- Advertisement -spot_img

दोस्रो लहरको कोभिड -१९ महामारी तिब्र गतिमा फैलिए पछि हेटौंडामा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट निजी सवारी सधानमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडामा संचालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरी लगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए ।

हेटौंडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको भन्दै थप संक्रमण निम्त्याउन सक्ने भएकाले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको उनले बताए । यस्तै सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय