Information is intelligence
HomeNewsडेढ महिनाका लागि बन्द गरिदै भीमफेदी–कुलेखानी सडक

डेढ महिनाका लागि बन्द गरिदै भीमफेदी–कुलेखानी सडक

- Advertisement -spot_img

बागमती प्रदेशको राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौँ जाने भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । पिच तथा स्ल्याब ढलान गर्नका लागि शुब्रबारबाट जेठ २५ गतेसम्मका लागि यो सडक बन्द गरिएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक सहदेव भण्डारीले जानकारी दिए ।

बागमती प्रदेशले भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडक र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक फराकिलो पारेर पिच गर्न सुरु गरेको छ । भीमफेदी–कुलेखानी सडक बन्द भएसँगै अब सवारीसाधनहरू पालुङको बाटो हुँदै चल्नेछन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय