Information is intelligence
HomeSportsनेपालद्वारा नेदरल्याण्डलाई २३९ रनकाे लक्ष्य

नेपालद्वारा नेदरल्याण्डलाई २३९ रनकाे लक्ष्य

- Advertisement -spot_img

त्रिदेशीय क्रिकेट टि 20 प्रतियाेगिताकाे फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई २३९ रनकाे लक्ष्य दिएकाे छ । तीन विकेटकाे क्षतिमा नेपालले २३८ रन बनाउन सफल भयाे ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक प्रहार गरेभने दिपेन्द्रसिंह ऐरीले ४८ रनकाे याेगदान दिए । कुशल भुर्तेलले ७७ रन बनाएभने कुशल मल्लले अविजित ५० रनकाे पारी खेले । त्यस्ते कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाउँदा ओपनर आसिफ सेखले १६ रनकाे याेगदान गरे ।

कुशल मल्लकाे अर्धशतक पुरा

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले शानदार प्रदर्शन गर्दै उक्त लक्ष्य प्रदान गरेकाे हाे । नेपालले कुनैपनि टाेलीलाइ टी 20 क्रिकेटमा दिएकाे याे नै सर्वाधिक लक्ष्य हाे । यसभन्दा अघि सन् २०१३ मा नेपालले भुटानलाई २३६ रनकाे लक्ष्य दिएकाे थियाे ।

नेदरल्याण्डका लागि फिलिप बाेइसेभानले २ विकेट लिएभने सेबेस्टाइन ब्राटले एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय