Information is intelligence
HomeHealthडाेकाेमा बाेकेर बिरामीलाई अस्पताल पुर्याउनुपर्ने अवस्थाकाे अन्त्य

डाेकाेमा बाेकेर बिरामीलाई अस्पताल पुर्याउनुपर्ने अवस्थाकाे अन्त्य

- Advertisement -spot_img

डाेटीजिल्लाको बर्छैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । नेपाल भारत विश्व मैत्री सङ्घका  वरिष्ठ उपाध्यक्ष पद्मराज जोशीको पहलमा भारतीय दूतावासले उक्त एम्बुलेन्स प्रदान गरेको हो ।

दूतावासले प्रदान गरेको उक्त एम्बुलेन्स बडिकेदार गाउँपालिका–१ देवलीमा रहेको बर्छैन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य कार्यालय डोटी र भारतीय दूतावासले उक्त एम्बुलेन्स एक कार्यक्रमबीच बर्छैन स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य प्रमुख  भूपेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स स्वास्थ्यमा आएपछि बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यताको अन्त्य हुने र सहजरूपमा स्थानीयलाई सेवा मिल्नेनिमित्त स्वास्थ्य प्रमुख  शाहले बताए । उनले भने, “एम्बुलेन्स नहुँदा बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजानुपर्ने अवस्था थियो, कतिपय बिरामी समयमै अस्पताल पुर्याउन नसकिदा ज्यानसम्म जाने गरेको थियो, अब त्यो समस्या अन्त हुने भएको छ ।”एम्बुलेन्स ल्याउन पहल गर्ने कांग्रेस नेता समेत रहनुभएका जोशीलाई यहाँका नागरिकले धन्यबादसमेत दिएका छन् । गाउँमै एम्बुलेन्स पुगेपछि यहाँका नागरिक निकै खुशी भएकोस्थानीयबासी शान्ति कलेलले जानकारी दिइन् । (रासस)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु