Information is intelligence
HomeEconomyनेपाल इन्फ्रास्ट्रक्चर बैंकः हप्तैभरी काराेबार रकमदेखि शेयरमूल्यसम्म घट्याे

नेपाल इन्फ्रास्ट्रक्चर बैंकः हप्तैभरी काराेबार रकमदेखि शेयरमूल्यसम्म घट्याे

- Advertisement -spot_img

गत शुक्रबार अर्थात अप्रिल १५ तारिकमा नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्य ५९४ रूपैँया प्रतिकित्ता पुगेर बन्द भयाे । उक्त दिन कम्पनीकाे ४९ कराेड ८७ लाख ३४ हजार २ सय ७३ रूपैँयाकाे शेयर काराेबार भएकाे थियाे ।

अर्काे साताकाे पहिलाे दिन अर्थात अप्रिल १८ तारिकमा कम्पनीकाे शेयर मूल्य ५८५ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द भयाे । अघिल्लाे हप्ताकाे अन्तिम दिनभन्दा काराेबार रकममा समेत लगभग आधाजस्ताे कमी आयाे । उक्त दिन कम्पनीकाे २७ कराेड ९८ लाख ५६ हजार ४ सय ३४ रूपैँयाकाे शेयर काराेबार भयाे ।

यस्तै साताकाे अन्तिम दिन अर्थात अप्रिल २२ तारिकमा बैंककाे शेयर मूल्य ५६२ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द हुँदा दिनभरी कम्पनीकाे २५कराेड ८७ लाख ४८ हजार ३ सय ४८ रूपैँयाकाे शेयर काराेबार भयाे ।

यसरी अघिल्लाे साताकाे अन्तिम दिनकाे तुलनामा याे साताकाे अन्तिम दिन शेयर मूल्य ३२ रूपैँयाले घट्याे भने काराेबार रकममा पनि २३ कराेड ९९ लाख ८५ हजार ९ सय २५ रूपैँयाले कमी भएकाे छ ।

शेयर मूल्यमा कमी आउँदा यसमा लगानी गर्ने लगानीकर्ताहरू पनि घटेका छन् । इतिहासमै सबैभन्दा बढी कित्ता आइपिओ जारी गरेकाे कम्पनीले दाेश्राे बजारमा सँधै काराेबार रकममा अग्रस्थान हासिल गरिरहेकाे हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय