Information is intelligence
HomeSportsबलिङ र ब्याटिङ दुवैमा चम्किँदा नेपालले जित्याे त्रिदेशीय क्रिकेटकाे उपाधि

बलिङ र ब्याटिङ दुवैमा चम्किँदा नेपालले जित्याे त्रिदेशीय क्रिकेटकाे उपाधि

- Advertisement -spot_img

बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीहरूकाे उत्कृष्ट प्रदर्शनका कारण नेपालले त्रिदेशीय क्रिकेटकाे उपाधि हात पारेकाे छ ।

प्रतियाेगिताकाे फाइनल खेलमा नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि आफ्नाे पाेल्टामा पारेकाे हाे ।

नेपाललाई जित दिलाउने क्रममा करण केसीले ३ विकेट लिए भने करणसिंह ऐरी र सन्दीप लामिछानेले समान २-२विकेट लिए । त्यस्तै अविनाश बाेहाेराले १ विकेट लिए ।

९६ रनमा अल आउट भएका नेदरल्याण्डका लागि सेबेस्टाइन ब्राटले अविजित २७ रनकाे पारी खेले । त्यस्तै म्याक्स ओडाेडले २० रन बनाए भने कप्तान पिटर सिलरले १३ रनकाे पारी खेले । अन्य खेलाडीले भने दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

प्रतियाेगितामा उत्कृष्ट खेल खेलेकाे नेपालले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भयाे । नेपालका लागि ब्याट्स्म्यान कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु