Information is intelligence
HomeNewsउपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

- Advertisement -spot_img

काठमाडाैँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेकाे छ ।

बढ्दाे काेराेना भाइरसकाे संक्रमणका कारण कम्तीमा एक महिना लकडाउन गर्न मन्त्रालयले सिफारिस गरेकाे हाे ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे मन्त्रालयले प्रस्ताव गरेको छ ।

कोरोना महामारीको अवस्था गम्भीर बन्न लागेको भन्दै मन्त्रालयले कम्तीमा चार साता (करिब एक महिना) लकडाउन गर्न सिफारिस गरेको हो।

हामीसँग भएका स्रोत साधनले अहिलेको सामान्य अवस्थामा त थेग्न सक्छ। तर, भारतकै जस्तो अवस्था आउने जोखिम बढी छ’, प्रवक्ता डा. गौतमले भने, ‘त्यो भयो भने फेलियर हुन्छौं। हाम्रो प्राथमिकता आमनागरिकको ज्यानको सुरक्षा गर्नु हो।’

सबैले जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्दा फेरि लकडाउन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्। नेपालमा कोरोनाको दोस्रो लहर आएपछि बाँकेको नेपालगञ्जमा वैशाख ९ देखि एक सातालाई लकडाउन भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु