Information is intelligence
HomeEconomyघट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

- Advertisement -spot_img

काठमाडौं –आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ ।  गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

यो सँगै आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु