Information is intelligence
HomeNewsदेशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

देशव्यापी लकडाउन हुँदैनः मन्त्री ज्ञवाली

- Advertisement -spot_img

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन्।

बालुवाटारमा आइतबार बिहान बसेको नेकपा एमालेको बैठकपछि सञ्चारकर्मीहरुमाँझ मन्त्री ज्ञवालीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रष्ट पारे।

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताए । उनले भने , ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’

त्यस्तै, विदेशबाट आउनेहरुलाई क्वारेन्टिनम राख्न स्थानीय तहहरुसँग पहल गरिने उनले बताए। ‘सिंगो पार्टी पंक्तिलाई कोरोना रोकथाममा खटाउन निर्देशन दिने निर्णय भएको छ’, ज्ञवालीले भने।

उनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सम्बनधमा पनि बैठकमा छलफल भएको बताए।

‘अविश्वास प्रस्तावको तयारी भइरहेको छ भन्ने सूचनाबारे हामीले आवश्यक जानकारी लिएका छौँ, त्यसबारे सचेत छौँ’, उनले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु